जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्नेः उम्मेदवार थापा

पाेखरा | कात्तिक २४, २०७९

जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्नेः उम्मेदवार थापा

पोखराः   जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन ।

 

गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने उनले बताए । 

 

जनकवि केशरी धर्मराज सावित्री थापाका माइला छोरा प्रा.डा. कुञ्जराज थापाले प्रतिष्ठानलाई सांस्कृतिक घरको रुपमा विकास गर्न सुझावपनि दिएका छन । 

 

पोखरा महानगरपालिका १६ मा घरदैलो कार्यक्रम गर्न पुगेका गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार विन्दुकुमार थापा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको अवलोकन गर्न पुगेको समयमा उक्त कुरा बताएका हुन् । ‘म के अपेक्षा गर्छु भने उहाँ कुशल र सक्षम उम्मेदवार हुनुहुन्छ । उम्मेदवारहरुले के गरिदिनुप¥यो भने यो क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकास गरिदिन प¥यो । म त्यो भन्छु ’ उनले भने,‘यो प्रतिभापुर्ण क्षेत्र हो । उहाँले गरेका योगदान कृतिहरुको जस्तो काठमाडौंमा लक्ष्मी प्रसाद देवकोटाको घरलाई नै किनेर राष्ट्रिय सांस्कृतिक घर बनाइयो । त्यसतै यो पनि बनाइयोस् । त्यसका लागि सरकारले प्रयत्न गरोस् । मैले त्यहि एउटा इच्छा जाहेर गरिराखेको छु ।’ यहाँमात्रै नभई पर्यटकीय क्षेत्रसमेत हेरिदिनुपर्ने उनी बताउँछन् ।  

 

गठबन्धनबाट कास्की क्षेत्र नं.२(२) का प्रत्यक्ष उम्मेदवार थापाले जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको संरक्षण र प्रबद्र्धनमा दत्तचित्त भएर लागिपर्ने बताए । उनले अघिल्लो पाँच वर्ष प्रदेशको संरचना निमार्ण गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका साथै प्रदेशमा रहेका कला र कलाकारिताको संरक्षणमा समेत व्यतित गर्ने बताए । उनले धर्मराज सावित्रीको इतिहास कसैले पनि भुल्न नहुने र यस्का लागि प्रदेश सरकारको जिम्मेवारी पनि ठूलो रहेको सुनाए । उनले आफुले सकेको साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
 

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्